विगतमा भएका सम्झौता कार्यान्वयको माग राख्दै माइतीघरमा शिक्षकहरूको धर्ना | Khabarhub Khabarhub

विगतमा भएका सम्झौता कार्यान्वयको माग राख्दै माइतीघरमा शिक्षकहरूको धर्ना


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ३४ बुँदे माग राख्दै शिक्षकहरुले आज माइतीघर मण्डलामा धर्ना दिएका छन् । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सामुदायिक विद्यालयमा अध्यापन गराउने नेपाल शिक्षक महासंघमा आवद्ध शिक्षकहरुले धर्ना दिएका हुन् ।

गुणस्तरीय शिक्षा विकासका लागि शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संविधानको धारा ३१ को शिक्षा सम्बन्धी हकको व्यवस्था अनुसार आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने प्रबन्ध व्यवहारमा लागू गर्नुपर्ने लगायतका ३४ बुँदे माग राख्दै शिक्षकहरु धर्नामा बसेका हुन् ।

विगतका सरकारसँग भएका सम्झौता अनुसारका मागहरु पूरा गर्नुपर्ने र महिला शिक्षकको प्रसूति विदा ६ महिना कायम गरी उक्त अवधिभर सट्टा शिक्षकको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।

शिक्षक महासंघले घोषणा गरे बमोजिम चौँथो चरणको आन्दोलनलाई सार्थकता दिन शिक्षक कर्मचारीहरु धर्नामा बसेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।

सरकारले शिक्षकका मागहरू पूरा नगरे थप कडाइका साथ आन्दोलनलाई अघि बढाउने उनको भनाइ छ ।

त्यस्तै धर्नालाई सम्बोधन गर्दै संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आफ‍ूहरुलाई आश्वासन मात्रै दिएर ढाँटेको आरोप लगाए ।

उनले भने, ‘विद्यालय शिक्षक, कर्मचारीको न्यूनतम तलब पुर्‍याउँछौँ भन्नु भयो तर संघ र स्थानीय सरकारले तलब व्यहोर्ने नाममा अहिले समस्या सिजर्ना भएका छन् ।’

स्थानीय तहले अहिले धमाधम विज्ञप्ति निकाल्दै तलब दिन नसक्ने जानकारी गराउन थालेको उनले बताए ।

बिहान १० बजेखि दिउँसो १ बजे उनीहरूले धर्ना दिएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १ : २८ बजे

ज्ञानुकाको गुनासो- ‘डढेलोले सालको पात बेच्ने र दुना टपरी बनाउनेको रोजीरोटी खोसियो’ 

मन्थली– दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबालिकाको लागि खर्च

महेश बस्नेतविरुद्धको जाहेरी तामेलीमा राखेपछि उच्च अदालतले माग्यो जवाफ

काठमाडौं- पूर्व उद्योगमन्त्री एवम् नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध

कोरला नाकामा विद्युत् सेवा विस्तार

म्याग्दी– मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा विद्युत्

कांग्रेसको अडानबीच प्रधानमन्त्री, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच वार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा

महानगरको सीप मेलामा दश हजार बढीले दिए आवेदन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप