निशालाई प्राप्त सहयोग रकम पारदर्शी बनाउन संरक्षण कोष | Khabarhub Khabarhub

निशालाई प्राप्त सहयोग रकम पारदर्शी बनाउन संरक्षण कोष


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको नाममा स्थापित ‘निशा घिमिरे संरक्षण कोष’को बैठक बुधबार बसेको छ । कोषका संयोजक समाजसेवी दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

निर्णय अनुसार निशाको नाममा आएको रकमलाई पारदर्शी बनाइने, साताको एकपटक दाताको नाम र रकम सार्वजनिक गर्ने, आएको हप्तामा कोषमा जम्मा गर्ने र निशाको बुवाको खातामा हालसम्म आएको रकम र निशाको लागि उपचार तथा उपचारपछि भैपरी आउने खर्चलाई घरमा तथा अस्पतालमा दाताले दिएको रकमलाई शुक्रबारसम्म सार्वजनिक गरिनेछ ।

कोषका कोषाध्यक्ष कलाकार मोहन निरौलाले आगामी दिनमा निशाका लागि आउने रकम संरक्षण कोषमा राखिने समझदारी भएको बताए । बैठकमा निशाको बुवा प्रेमप्रसाद घिमिरेको पनि उपस्थिति थियो ।

झण्डै अढाई वर्ष अघि भारतको देहरादुनमा मोडलिङ पढ्न पुगेको करिब डेढ महिनामा नै निशा दुर्घटनामा परेकी थिइन् । त्यहाँ प्रारम्भिक उपचार गरी उनलाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याएर भर्ना गरिएको थियो । निशाले तीन दर्जन म्यूजिक भिडियोसँगै फिल्म ‘मधेसीपूत्र २’ र टेलिसिरियल ‘डियर जिन्दगी’मा अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ९ : २० बजे

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस