कलम थापाले भने : यहि बेलामा हो धक्का दिन सके राप्रपाको मान्यताहरु स्थापित हुने | Khabarhub Khabarhub

कलम थापाले भने : यहि बेलामा हो धक्का दिन सके राप्रपाको मान्यताहरु स्थापित हुने


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अहिले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको अवस्थामा धक्का दिएर पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका छन् ।

बुधबार पार्टीको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको बताएका हुन् । उनले यस्तो बेलामा धक्का दिन सके राप्रपाको मान्यताहरु स्थापित हुने र पार्टी अग्रणी शक्तिको रुपमा स्थापित हुने बताए ।

उनले भने, ‘अहिलेको संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको छ । यही प्रश्न चिन्ह खडा भएकै बेलामा हो हामीले धक्का दिन सक्यौँ भने हाम्रा मान्यताहरु स्थापित हुने र साथसाथै पार्टी पनि अग्रणी शक्तिको रुपमा स्थापित हुने । यो धरातलीय यथार्थ छ । अब हामीले आगामी दिनका रणनीतिहरु तय गर्नुपर्ने हुन्छ । विगतका कमी कमजोरीहरुबाट पाठ सिकेर अगाडी बढ्नुपर्ने आवश्यकता छ । पार्टी एकतालाई अक्षुण राख्दै, प्रतिवद्धता कायम गर्दै हामीले आफुलाई गतिशिल तुल्याउनुपर्ने आवश्यकता छ ।’

उनले विगतका तीता कुरा बिर्सेर एकताबद्ध हुन पनि आम पार्टी पंक्तिलाई आग्रह गरे ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : ०३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर