माधव नेपाल निकट राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता, चुनाव चिन्ह कलम | Khabarhub Khabarhub

माधव नेपाल निकट राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता, चुनाव चिन्ह कलम


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगमा नेकपा (एकीकृत) नामक दल दर्ता भएको छ । नेकपा एमालेका नेता माधवकुमार नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नयाँ दल ‘नेकपा (एकीकृत)’ दर्ता भएको हो ।

निर्वाचन आयोगले कलम चिन्हसहितको दल दर्ताको प्रमाणपत्र राईलाई बुधबार प्रदान गरेको छ ।

गत जेठ ३० गते बसेको आयोगको बैठकको निर्णयअनुसार उक्त दल दर्ता भएको हो । आयोगले राईलाई उपलब्ध गराएको प्रमाणपत्र अनुसार १६३ नम्बरमा उक्त दल दर्ता भएको छ । उनले वैशाख ७ गते दल दर्ताको निवेदन दिएका थिए ।

अध्यक्ष राईले भने अलग राजनीतिक अस्तित्व सहित दर्ता गरिएको पार्टीलाई कुनै पार्टीसँग जोड्न नमिल्ने बताएका छन् ।

निर्वाचन आयोग स्रोतका अनुसार नेकपा (एकीकृत) को पदाधिकारीमा उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल छन् ।

राईले भने नेताहरुसँग सल्लाह नगरी दल दर्ता गरेको दावी गरेका छन् । संखुवासभा जिल्लाका बासिन्दा राई नविना लामा अनेरास्ववियूको अध्यक्ष जित्दा उनको विपक्षी प्यानलबाट उपाध्यक्षमा हारेका थिए ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ६ : ४४ बजे

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर