जातकै कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा | Khabarhub Khabarhub

जातकै कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चारकर्मी रुपा सुनारलाई जातकै कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी थुनामुक्त भएकी छन् ।

रुपाले दलित भएकै कारण कोठा नदिइको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि काठमाडौँ बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई महानगरीय प्रहरी बृतले गत असार ६ गते पक्राउ गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्धको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

प्रहरीले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान फाइल बुझाएको थियो । सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको हो ।

पक्राउ परेकी घरबेटी प्रधानलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफैँ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए । यस्तै, घरधनी रिहाइको माग गर्दै बबरमहलस्थित सरकारी वकिलको कार्यालय अगाडि प्रदर्शन पनि गरिएको थियो ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  २ : १२ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण