इंग्ल्याण्ड समूह विजेता बन्दै युरोकपको नकआउटमा | Khabarhub Khabarhub

इंग्ल्याण्ड समूह विजेता बन्दै युरोकपको नकआउटमा


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्ल्यान्ड समूह विजेता बन्दै युरोकप फुटबलको नकआउटमा प्रवेश गरेको छ ।

बुधबार बिहान सम्पन्न खेलमा चेक रिपब्लिकलाई १-० गोलले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट पुगेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन १२औँ मिनेटमा रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।

जितसँगै समूह ‘डी’ को शीर्ष स्थानको इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो । चेक रिपब्लिकले ३  खेलमा ४ अंक जोड्यो । चेक रिपब्लिक समूहको तेस्रो स्थानमा रह्यो । हारका बाबजुद चेक रिपब्लिक पनि नकआउट चरणमा प्रवेश गरेको छ । उत्कृष्ट तेस्रो हुँदै चेक रिपब्लिक अन्तिम १६ मा पुगेको हो ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ६ : १० बजे

रोमाञ्चक मोडमा आईपिएलः यस्तो बन्दैछ समीकरण

यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल) रोमाञ्चक मोडमा पुगेको छ।

पारस खड्का भन्छन् – ‘मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउँछु’

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक

नारायणगढ-मुग्लिन सडकमा निर्माणाधीन पुलको काम तीव्र

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी, व्यवस्थापनमा समस्या

दमौली– जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।