वाग्मती प्रदेशसभाको बैठक आह्वान | Khabarhub Khabarhub

वाग्मती प्रदेशसभाको बैठक आह्वान


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा १ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा वाग्मती प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरेका छन् ।

यही जेठ १६ गते दिउँसो ३ बजेका लागि प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरेका हुन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा नीति, कार्यक्रम तथा आर्थिक प्रक्षेपणका विषयमा छलफल गर्ने क्रममा बैठक डाक्न सिफारिस गरेअनुसार आजै प्रदेश प्रमुख प्रसाईले बैठक आह्वान गरेको वाग्मती प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।

प्रदेशसभाको सातौं अधिवेशन बैठक गत वैशाख ९ गते अन्त्य गरिएको थियो ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ९ : ०१ बजे

चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने 

काठमाडौं– चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ

लगानी सम्मेलनमा प्रधानमन्त्रीले भने : नेपाल लगानीका लागि प्रिमियम गन्तव्य

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको

जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय

पर्सामा सात सय ३९ घरेलु उद्योग थपिए

वीरगञ्ज– जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा  रु ८६ करोड

बझाङको मतगणना छबिसपाथिभेराबाट सुरु गरिने 

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु गरिने भएको छ ।