बालाजुस्थित एक उद्योगमा प्रहरीको छापा, ठूलो परिमाणमा अबैध सेनिटाइजर बरामद | Khabarhub Khabarhub

बालाजुस्थित एक उद्योगमा प्रहरीको छापा, ठूलो परिमाणमा अबैध सेनिटाइजर बरामद


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले बालाजुस्थित औद्यौगिक क्षेत्रमा रहेको सेनिटाइजर कम्पनीमा छापा मारी ठूलो परिमाणमा सेनिटाइजर बरामद गरेको छ ।

अबैध रुपमा सेनिटाइजर बनाइरहेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले छापा मारेर ठूलो परिमाणमा सेनिटाइजर बरामद गरेको हो ।

परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार बिना दर्ता सेनिटाइजर उत्पादन गरेको आरोपमा काठमाडौं–१३ स्थित ताहाचल घर भएका राकेश अग्रवाललाई समेत पक्राउ गरिएको छ ।

उत्सब डिटरजेन्ट एण्ड कस्मेटिक उद्योगको नाममा दर्ता रहेको सो कम्पनीले सेनिटाइजर उत्पादन गर्ने अनुमति नपाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ४ : ४६ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष