अबैधानिक रूपमा बसेका आप्रवासीलाई वैधानिक बन्न कुवेतले दियो समय | Khabarhub Khabarhub

अबैधानिक रूपमा बसेका आप्रवासीलाई वैधानिक बन्न कुवेतले दियो समय


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतको आवासीय कानून उल्लङ्घन गरेका नेपालीसहित विदेशी नागरिकलाई वैधानिकता कायम गर्न सरकारले समयावधि थप गरेको छ ।

कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतको आवासीय कानून उल्लङ्घन गरेका विदेशी नागरिकलाई कानूनी अनुसन्धानबिना तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानूनी वैधता कायम गर्न पाउने अवधि थप गरिएको जनाएको छ ।

अघिल्लो पटकको म्याद यही मे १५ मा सकिएको छ । योसँगै कुवेतले फेरि एक महिनाको लागि समय थप गरिएको कुवेतको आन्तरिक मामिला मन्त्री थामेर अलीलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।

थप गरिएको समयभित्र पनि वैधता कायम गरेको नपाइएमा उनीहरुलाई कुवेत सरकारको कानून बमोजिम जरिवाना लिने तथा कुवेतमा फेरि फर्कन नसक्ने गरी डिपोर्ट  गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

कुवेतले गत वर्ष मार्चमा कोरोना भाइरसको महामारी सुरु भएसँगै बैधानिक हुन वा जरिवाना तिरेर आफ्नो मुलुक फर्किन पाउने अवसर दिन थालेको हो । अहिलेसम्म चौथो पटक यो मौका दिएको हो ।

कुवेतमा रही अबैधानिक तरिकाले बसेका नेपालीहरुलाई यो अवसरको भरपुर सदुपयोग गरि मौकाको फाइदा लिन समेत त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

कुवेतमा अझै पनि एक लाखभन्दा बढी अबैधानिक रुपमा बसेका बिदेशी नागरिकहरु रहेको बताइएको छ ।

 

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ८ : २५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र