स्थानीय न्यायिक समितिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड  | Khabarhub Khabarhub

स्थानीय न्यायिक समितिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड 


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले स्थानीय न्यायिक समितिलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

मन्त्रालयमा आज प्रदेश सरकारका कानूनका विषयमा स्थानीयस्तरमा न्याय सम्पादनमा प्रभावकारी नदेखिएकाले प्रभावकारी बनाउनुपर्ने र त्यसका लागि आवश्यक निर्देशिका बनाउने विषयमा छलफल भएको हो ।

बैठकमा केही न्यायिक समितिले उदाहरणीय रुपमा काम गरेको भएता पनि धेरै न्यायिक समितिले प्रभावकारी ढङ्गले काम नगरेको कुरा उठेको थियो ।

स्थानीय तहमा अधिकृतस्तरको र कानून बुझेका कर्मचारी राख्ने विषयमा समेत छलफल भएको छ । यसअघि नासुस्तरका कर्मचारी राखेर काम गरिएको थियो । अब अधिकृतस्तरका कर्मचारी राखेर काम गर्ने तयारी भएको हो ।

मन्त्री श्रेष्ठले कानुनी अज्ञानताका कारण स्थानीय तहमा न्याय सम्पादनमा कठिनाइ आएको हुनाले कानून अधिकृत राख्दा प्रभावकारी हुने बताउनुभयो ।

बैठकमा असहाय, विपन्न नागरिकलाई निःशुल्क रुपमा कानुनी सहायता दिनका लागि ७७वटै परियोजना लागू गर्ने विषयमा छलफल भएको छ । उक्त परियोजनालाई आगामी बजेटमा सबै जिल्लामा पु¥याउने उद्देश्यका साथ छलफल भएको हो । यसअघि ४७ जिल्लामा मात्र निःशुल्क कानुनी सेवाको व्यवस्था रहेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ८ : ०५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी