बागलुङको विद्यालय एक सातालाई बन्द, बलेवा क्षेत्रमा निषेधाज्ञा | Khabarhub Khabarhub

बागलुङको विद्यालय एक सातालाई बन्द, बलेवा क्षेत्रमा निषेधाज्ञा


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा— विद्यालयमा कोरोना जोखिम बढेको भन्दै बागलुङ नगरपालिकाले सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

बागलुङ नगरपालिकाले नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा बसेको बैठकले वैशाख १२ गतेदेखि लागू हुनेगरी सम्पूर्ण शिक्षण बन्द गर्ने निर्णय गरेको हो ।

शैक्षिक संस्था, ट्युसन, भाषा तयारी कक्षा तथा कोचिङ कक्षाहरु वैशाख १९ गते सम्म बन्द गर्ने निर्णय गरेको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को महामारी नेपालमा पनि बढ्दै गइरहेको र महामारीबाट बालबालिकाहरू बढी प्रभावित भएकाले सचेतना अपनाउनका लागि विद्यालय बन्द गर्नु परेको नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाले शुक्रबार एक सार्वजनिक सूचना मार्फत आइतबार वैशाख १२ गतेदेखि १९ गते सम्मका लागि नगरभित्रका सबै विद्यालय बन्द गर्न आव्हान गरिएको छ ।

विद्यार्थीहरूलाई सुरक्षित राख्ने उद्देश्यले एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका शिक्षा अधिकारी डण्डपाणी शर्माले बताए ।

बागलुङ नगरपालिकाकै बलेवा क्षेत्रका विद्यालयका बालबालिकामा कोरोना संक्रमण देखिएको भन्दै बलेवा क्षेत्रका ३ वटा वडामा दश दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै, जिल्ला प्रशासन कार्यालय बागलुङले केही दिनअघि सार्वजनिक सूचना जारी गरी २५ जना भन्दा बढी मानिस भेला नहुन आह्वान गरेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ५ : ०५ बजे

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको