हावाहुरीबाट जिल्लामा करीब दुई करोडको क्षति | Khabarhub Khabarhub

हावाहुरीबाट जिल्लामा करीब दुई करोडको क्षति


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडको क्षति भएको छ ।

कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका ६०० किसानले लगाएको १६९ हेक्टर जमीनको मकै केरा, तरकारी र फलफूल खेतीमा हावाहुरीले क्षति पुर्‍याउँदा रु एक करोड ९८ लाख ६० हजार बराबरका क्षति भएको हो ।

कृषि ज्ञान केन्द्र झापाका कृषि प्राविधिक शालिकराम भट्टराईले वैशाख २, ५ र ९ गते आएको हावाहुरी र असिनाले सबैभन्दा बढी मकै र केराखेतीमा क्षति पुगेको बताए ।

उनका अनुसार घोगा लागिसकेका मकै र बह्रदशी गाउँपालिका–७ स्थित प्रधानमन्त्री कृषि आधुनिकीरणअन्तर्गतको दुर्गा माता कोलाखेती तथा कृषि फार्मले सञ्चालन गरेको केरा ब्लकका २०० बोट केरा भाँचिएका छन् ।

उनले हावाहुरीले करीब ५० लाख बराबरको केराको बोट नष्ट भएको बताए । मकै जोनअन्तर्गत खेती गरिरहेका किसान हावाहुरीले दाना लाग्न थालेको मकै नष्ट गरेपछि चिन्तित बनेका छन् ।

जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको तरकारी बाली र फलफूलसमेत नष्ट भएको उनको भनाइ छ । आँप र लिचीका हाँगा भाँच्चिनुका साथै चिचिला प्रायः सबै झरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  २ : २७ बजे

सुहाङलाई बधाई दिन इलाम पुगे एमाले अध्यक्ष ओली

विराटनगर – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभामा विजयी

नेप्सेले पार गर्‍यो मनोवैज्ञानिक रेखा 

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)ले मनोवैज्ञानिक रेखा पार गरेको छ

श्रम सम्बन्धी ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रम सम्बन्धी ऐन नियमहरू

उद्योगमन्त्री भण्डारी र तिब्बत जनसरकारका उपाध्यक्ष फुकुआनबीच भेटवार्ता

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र चीनको

प्रमाणपत्र बुझेपछि सुहाङले भने, ‘हर्षित पनि छु, भावुक पनि छु’

इलाम–इलाम २ बाट प्रतिनिधि सभा उपनिर्वाचन ०८१ मा विजयी नेकपा