अजयले छोडे १८० करोड बजेटको सुपरहिरो फिल्म | Khabarhub Khabarhub

अजयले छोडे १८० करोड बजेटको सुपरहिरो फिल्म


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– केही समयअघिदेखि सञ्चारमाध्यममा बलिउड अभिनेता अजय देवगन यशराज व्यानरको सुपरहिरो फिल्ममा अनुबन्धित भएको समाचार आइरहेको थियो । फिल्ममा उनी सुपरभिलेन चरित्रमा देखिने चर्चा थियो ।

बलिउडलाइफमा प्रकाशित समाचारअनुसार व्यस्त समय तालिका भएपछि अजयले यो फिल्मबाट हात झिकेका छन् । बलिउडका अहिलेका व्यस्त कलाकार अजयको हातमा फिल्मको सूची नै छ । त्यहीकारण उनले यो सुपरहिरो फिल्ममा समय दिन नसकेको उनी निकट स्रोतले बताएको छ ।

अजयको हातमा अहिले ७ देखि ८ फिल्म छन् । जसमध्ये केहीको छायांकन पुरा भइसकेको छ भने केहीको पुरा हुन बाँकी छ ।

निकै लामो समयदेखि रोकिएको यो फिल्ममा अभिनेता चंकी पाण्डेका भतिज अहान पाण्डे डेब्यू गर्दैथिए । जसको बजेट १ सय ८० करोड रुपैंयाँ थियो । अजयले समय दिएको भए यो फिल्ममा अहानको द्वन्द्व अजयसँग हुने निश्चित थियो ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १ : २५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र