छायांकनमा मौनताको ‘आँधी तुफान २’ | Khabarhub Khabarhub

छायांकनमा मौनताको ‘आँधी तुफान २’


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक दशक अघिको सुपरहिट फिल्म ‘आँधी तुफान’को सिक्वेल ‘आँधी तुफान २’को छायांकन सुरु भएको छ । राजधानीको चाबहिलमा फिल्म युनिटले क्यामरा पुजा गर्दै छायांकन सुरुवात गरेको हो ।

मदन घिमिरेको निर्देशन रहने फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय रहनेछ ।

सामाजिक कथामा बन्न लागेको सस्पेन्स थ्रिलर फिल्ममा लेखक मौनता श्रेष्ठको लगानी छ ।

फिल्ममा मौनताकै लेखन, रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, कमल राईको नृत्य निर्देशन रहने छ ।

फिल्मको छायांकन काठमाडौं, काभ्रे र धुलिखेलमा हुनेछ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १ : ०५ बजे

डेडिकेटेड ट्रंकलाइन महसुल विवादमा आयोगको प्रतिवेदन

काठमाडौं– सरकारले उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीचमा पैदा भएको डेडिकेटेड

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको