आजको मौसम : यी स्थानमा हुन सक्छ हावाहुरी र चट्याङसहितको वर्षा | Khabarhub Khabarhub

आजको मौसम : यी स्थानमा हुन सक्छ हावाहुरी र चट्याङसहितको वर्षा


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज पनि मुलुकका विभिन्न स्थानमा हावाहुरी र चट्याङसहितको वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुलुकमा स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै रहँनु तथा प्रिमनसुनको समय भएकाले आज पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको हो ।

महाशाखाका अनुसार आज दिउँसो र राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

वैशाख १० गते (शुक्रबार)

दिउँसोः देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भू-भागहरुमा आँशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आँशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

वैशाख ११ गते (शनिबार)

बिहान:  देशभर आँशिक देखि सामान्य बदली रही वाग्मती प्रदेश , सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।

वैशाख १२ गते (आइतबार)

बिहान:  देशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।

राति :  देशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ८ : १५ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले