एक प्रेरक प्रसङ्ग ‘सक्कली हीरा’ | Khabarhub Khabarhub

एक प्रेरक प्रसङ्ग ‘सक्कली हीरा’


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक दरबारमा एउटा हीरा व्यापारी आयो । ऊसँग एकजोडी हीरा थियो । त्यसमा एउटा सक्कली थियो भने अर्को नक्कली । व्यापारीले चुनौती दिँदै भन्यो— यी दुईमध्ये सक्कली हीरा चिन्ने व्यक्ति नै त्यसको मालिक हुनेछ ।

दुवै हीरा उस्तै देखिन्थे । दुवैको चमक उस्तै थियो । सक्कली हीरा चिन्न गाह्रो थियो । दरबारको प्रतिष्ठाको प्रश्न थियो । त्यसैले कुनै दरबारी अगाडि आइरहेको थिएन ।

अचानक एक अन्धो व्यक्ति अगाडि आयो । उसले चुनौती स्वीकार गर्‍यो । छुने बित्तिकै कुन सक्कली हीरा हो भनेर थाहा पायो । सबै अचम्ममा परे ।

राजाको प्रश्नमा उसले भन्यो— सक्कली हीरा चिन्न एकदमै सजिलो छ । श्रेष्ठ व्यक्तिलाई जस्तै सक्कली हीरालाई पनि तातोले असर गर्दैन । त्यसले हरेक स्थितिमा आफ्नो सन्तुलन बनाइराख्छ । गर्मी वातावरणमा तातो हुने हीरा नक्कली हो । अतः सक्कली हीरा चिन्न सजिलो भयो ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ४ : ३७ बजे

कुवेत पुर्‍याई मानवबेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भन्दै कुवेत पुर्‍याई मानवबेचबिखन

अफगानिस्तानमा बाढीका कारण १४ जनाको मृत्यु

काठमाडौं– अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित

राँझा– बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि

यस्तो छ ‘मनसरा’ को गीत ‘एक तार मनको’

काठमाडौं- प्रदर्शनरत फिल्म ‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक भएको

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित

काठमाडौं– प्राथमिक (आईपीओ)रहकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित