गृहमन्त्री थापा र अस्ट्रेलियाली राजदूतबीच भेटवार्ता | Khabarhub Khabarhub

गृहमन्त्री थापा र अस्ट्रेलियाली राजदूतबीच भेटवार्ता


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्ककोबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार गृह मन्त्रालयमा भएको भेटमा नेपाल–अस्ट्रेलिया द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूतको रुपमा कार्यभार सम्हालेकोमा राजदूत फेलिसिटीलाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

उनले कोरोना संकटमा अस्ट्रेलियामा रहेको नेपालीहरुको सुरक्षाका लागि अस्ट्रेलियाले देखाएको चासोप्रति आभार प्रकट गरे ।

गृहमन्त्री थापाले नेपाललाई अस्ट्रेलियाले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे । भेटमा उनले नेपालमा अस्ट्रेलियाली लगानीका लागि भूमिका खेल्न राजदूतसँग आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

भेटमा राजदूत फेलिसिटीले नेपाल–अस्ट्रेलिया सम्बन्धको चर्चा गर्दै नेपालको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानलाई सफल पार्न अस्ट्रेलियाको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन्।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ८ : ५३ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको