'एक गाउँ, एक बैँक'को अवधारणा पालना गर्न प्रदेश प्रमुख झा को सुझाव | Khabarhub Khabarhub

‘एक गाउँ, एक बैँक’को अवधारणा पालना गर्न प्रदेश प्रमुख झा को सुझाव


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झाले ‘एक गाउँ, एक बैँक’को अवधारणा अनुसार बैंक शाखा विस्तार गर्न सुझाव दिएका छन् ।

मंगलबार प्रदेश प्रमुख झाले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी , कृषि विकास बैँकका सीईओ, एनएमबी बैँकका सीईओ, नेपाल बैँक लिमिटेडको सीईओ, बैंकिङ एसोसिएसनका अध्यक्ष र प्रदेश २ मा रहेका अन्य बैँकका प्रमुखसँग सामुहिक छलफल गर्दै उक्त सुझाव दिएका हुन् ।

उनले श्रम बेच्न युवाहरु विदेश जान नपरोस्, बैंकिङ कारोबारका सेवाग्राहीले सहज सेवा पाउन् र नयाँ योजना बोकेका युवाहरु पैसाको अभावमा सपना तुहाउन बाध्य नहोउन् भन्ने विषयमा बैँकका प्रमुखहरुसँग छलफल गरेको प्रदेश प्रमुख झाको सचिवालयले जनाएको छ ।

छलफलमा बैँकले जसलाई खाता भन्छ त्यो खाता नभएर ‘नाता’ हो भन्दै विश्वास र सहकार्य कायम गरेर अघि बढ्न पनि उनले सुझाव दिए ।

राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले खाता होइन नाता भन्ने विषयमा ध्यानाकर्षण भएको बताए । उनले कार्यक्रममा उपस्थित बैँकर्सहरुलाई किसान र युवासँग गाउँ गाँउ, टोलटोलसम्म पुग्न पनि निर्देशन दिए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ७ : १८ बजे

आगलागीबाट पीडितलाई घर बनाउन राहत दिने

विराटनगर– आगलागीमा परेका परिवारलाई संघीय सरकारले घर बनाउन राहत रकम

लम्कीचुहाको चिसापानीमा बेवारिसे शव फेला

लम्की– कैलालीको लम्कीचुहा नगरपालिका-३, चिसापानीमा एक बेवारिसे शव फेला परेको

केजरीवालले अझै पाएनन् जमानत

काठमाडौं– भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतमा

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता

काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई स्वस्तिक हेल्थकेयर सेन्टरमा

धनगढीमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुईजना घाइते

धनगढी– धनगढीमा मोटरसाइकललाई स्कुटरले पछाडिबाट ठक्कर दिँदा दुई जना घाइते