अध्यक्ष ओली नै पार्टी फुटाउन लागेको नेता नेपालको आरोप | Khabarhub Khabarhub

अध्यक्ष ओली नै पार्टी फुटाउन लागेको नेता नेपालको आरोप


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू पार्टी फुटाउने पक्षमा नरहेको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफू नभइ पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पार्टी फुटाउन लागि परेको आरोप लगाए ।

ओलीमा कम्युनिस्ट चरित्र नभएको बताउँदै नेता नेपालले ओलीले शुरूदेखि नै गुटका राजनीति गरेको बताउँदै उनले ओलीले सोधेको स्पष्टिकरणले आफू नतर्सेको र ओलीसँग आत्मसमर्पण पनि नगर्ने चेतावनी दिए । नेता नेपालले हिम्मत भए आफूहरूलाई पार्टीबाट निकालेर देखाउन ओलीलाई चुनौतीसमेत दिए ।

‘हिम्मत भए हामीलाई पार्टीबाट निकालेर देखाउनुहोस् । तर ओलीसँग आत्मसमर्पण गर्दैनौँ ।’ उनले भने ।

ओलीमा व्यक्तिवादी प्रवृत्ति रहेको भन्दै आफू जहिल्यै संगठनलाई केन्द्रमा राखेर सोच्ने व्यक्ति भएको नेता नेपालको दाबी थियो । नेपालले ओलीले कम्युनिष्ट आन्दोलनलाई बिर्सजन गर्ने प्रयास गरिरहेको तर्क पनि गरे । ओली व्यक्तवादी भएको आरोप लगाउँदै नेता नेपालले आफूहरू ओली प्रवृत्तिविरुद्ध लडिरहेको धारणा राखे ।

नेपालले ओलीको व्यक्तिवादी चिन्तनलाई बहिस्कार गर्दै अघि हिँड्न कार्यकर्तालाई आह्वान गरे । उनले आफ्नो समूह सामूहिकवादी प्रवृत्ति र सबैलाई मिलाउने दिशातर्फ उन्मुख हुनुपर्ने बताए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : ५८ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर