कटरीनासँग ब्रेकअपले रणवीरलाई करोडौं नोक्सान ! | Khabarhub Khabarhub

कटरीनासँग ब्रेकअपले रणवीरलाई करोडौं नोक्सान !


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता रणवीर कपूर बलिउडमा डेब्यू गर्ना साथ अभिनेत्री दीपिका पादुकोणसँगको डेटले चर्चामा आए । दीपिकासँग डेट गरे पनि त्यो डेट लामो समयसम्म चल्न सकेन ।

एबीपीलाइभमा प्रकाशित समाचारअनुसार दीपिका र रणवीरको ब्रेकअप हुनुमा तत्कालीन समयमा मिडियाले कटरीना कैफलाई दोषी ठानेका थिए । किनकी दीपिकासँग अफेयर चलिरहँदा रणवीरको नाम कटरीनासँग पनि जोडिएको थियो ।

रणवीर र कटरीना फिल्म ‘राजनीति’को सुटिङताका नजिकिएका थिए । त्यसपछि यो जोडी फिल्म ‘अजब प्रेम की गजब कहानी’मा देखिए । यही फिल्ममा काम गरुञ्जेलसम्म रणवीर र कटरीना प्रेमजोडी बनिसकेका थिए ।

यसको केही समयमा नै रणवीर र कटरीना लिभ–इन–रिलेसनमा बसे । कटरीनासँग बस्नकै लागि रणवीरले पिता ऋषि कपूर र आमा नीतु कपुरको घर छोडे ।

दुवैले मुम्बईको पाली हिल इलाकामा सिल्भर सेण्डस् नामको एक भवनमा भाडामा एक पेन्ट हाउस खरिद गरेका थिए । यो पेन्ट हाउसको हरेक महिनाको भाडा १५ लाख रुपैंयाँ थियो ।

यसबाहेक रणवीरले सेक्युरिटी डिपोजिटका लागि २१ करोड रुपैयाँ जम्मा गरेका थिए । यति मोटो रकमका अलावा उनीहरुले पेन्ट हाउसको इन्टेरियरमा पनि करोडौं खर्च गरेका थिए ।

यति रकम खर्च गर्दागर्दै पनि उनीहरुको प्रेमजीवन सफल हुन सकेन । जसको ठूलो आर्थिक नोक्सान रणवीरले व्यहोर्नु पर्यो ।

कटरीनासँगको ब्रेकअपपछि रणवीर बान्द्रास्थित हिल रोडमा रहेको विल्सन अपार्टमेन्टमा सरेका थिए । तर कटरीना भने पेन्ट हाउसमै केही समय बसिन् । त्यसपछि अर्को घर भाडामा लिएर त्यता गइन् ।

हाल रणवीर र अभिनेत्री आलिया भट्ट प्रेम सम्बन्धमा छन् । जबकी कटरीना हालको अवस्थामा ‘सिंगल’ नै छिन् । यद्यपि उनको नाम पछिल्लो पटक अभिनेता विक्की कौशलसँग जोडिएको छ । तर विक्कीसँगको सम्बन्धबारे उनले मुख खोलेकी छैनन् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : २५ बजे

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न