‘मापसे’ गरेर गाडी चलाउनेविरुद्ध मुद्दा | Khabarhub Khabarhub

‘मापसे’ गरेर गाडी चलाउनेविरुद्ध मुद्दा


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – सवारी दुर्घटना न्युनिकरणका लागि प्रहरीले झापामा मादक पदार्थ सेवन ‘मापसे’ गरि गाडी चलाउनेविरुद्ध अदालतमा मुद्दा चलाउन थालेको छ । यसै क्रममा तीनदिन अघि पक्राउ परेका एक चालकमाथि अभद्र व्यवहारको मुद्दा चलाईएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार शनिबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने झापाकै शिवसताक्षी–८, झिलझिलेमा चेकजाँचका क्रममा पक्राउ परेका मे.१ ख २६२९ नम्बरको यात्रुबाहक बसका चालकलाई मुद्दा चलाईएको हो ।

ब्रेथलाईजरमार्फत सडकमा चेकजाँचका क्रममा सो बसका चालक मोरङ, उर्लाबारीका मोहनलाल राईले ‘मापसे’ गरेको पुष्टि भएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध जिल्ला अदालत झापामा अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

यात्रुबाहक बसका चालकले ‘मापसे’ गरि सवारी साधन चलाउँदा उनीसँगै ठूलो संख्यामा यात्रु तथा सडकमा रहेका अन्य व्यक्ति एवम् अरु सवारी साधनमा सवार व्यक्तिहरुमाथि समेत जोखिम हुने भएकाले यस्तो क्रम रोक्न प्रहरीले मुद्दा चलाउन शुरू गरेको हो ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ३ : ४० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको