प्रदूषण व्यवस्थापनका लागि उपकरण राख्न अन्तरिम आदेश | Khabarhub Khabarhub

प्रदूषण व्यवस्थापनका लागि उपकरण राख्न अन्तरिम आदेश


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- उच्च अदालत तुलसीपुरले घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालिलाई उद्योग सञ्चालन गर्दा हुने धुवाँ, धुलो र वातावरणीय प्रदूषण तत्काल नियन्त्रण गर्न अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षित र न्यायाधीश रमेशराज पोखरेलको संयुक्त इजलासले वातावरणमा प्रतिकूल असर पार्ने कार्य नियन्त्रणका लागि उपकरणको व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको हो ।

पीडितको रिट निवदेनमाथि सुनुवाइ गर्दै घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालिका नाममा उद्योगबाट उत्पन्न हुने धुवाँ, धुलो र ध्वनि प्रदूषण तत्काल नियन्त्रण गरेर मात्रै उद्योग चलाउन अन्तरिम आदेश जारी गरेको हो ।

पीडितको तर्फबाट घोराही सिमेन्ट प्रालि र जिल्ला प्रशासन कार्यालय समेतलाई विपक्षी बनाई दायर रिटउपर सुनुवाइ गर्दै सिमेन्ट उद्योगलाई तत्काल धुवाँ, धुलो र वातावरणीय प्रदूषण नियन्त्रण गर्न उच्च अदातले अन्तरिम आदेश जारी गरेपछि उद्योगको मनोमानी कार्य रोकिने देखिएको छ ।

अदालतले जनसङ्ख्या तथा वातावरण मन्त्रालय वातावरण विभागबाट भएको निरीक्षण प्रतिवेदनमा औँल्याइएका वातावरणमा प्रतिकूल असर पार्ने कार्यलाई नियन्त्रण गर्नका लागि ब्याग फिल्टर, विइन्ट ब्रेकिङ वालजस्ता उपकरण तत्काल जडान तथा व्यवस्थित गर्न आदेश जारी गरेको छ ।

त्यसका साथै सडकमा धुलो नउड्ने गरी पानीको फोहरा व्यवस्थापनसमेत तत्काल गर्नु/गराउनु भनी घोराही सिमेन्ट प्रालिका नाममा जारी अन्तरिम आदेशमा भनिएको  छ ।

उच्च अदालतको आदेशले उद्योगका कारण धुलो, धुवाँको प्रदूषणका कारणले वातावरण, स्वास्थ्य प्रजनन र खाद्य अधिकारमा असर पारेको प्रमाणित गरिदिएको निवेदकहरुले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ९ : ५० बजे

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था

जसपा फुटको असर : लुम्बिनी सरकारमा फर्किए राजीनामा दिएका भण्डारीलाल

काठमाडौं – गत वैशाख ८ गते राजीनामा दिएर बाहिरिएका लुम्बिनी

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा

नवलपरासी– पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा

महोत्तरीबाट करिब ५० किलो गाँजा बरामद

महोत्तरी– औरही नगरपालिका-८ टिमकियाबाट अवैध लागूऔषध गाँजा करिब ५० किलो

एकीकृत समाजवादी दलको बैठक, विकसित परिस्थितिबारे अध्यक्ष नेपालको ब्रिफिङ

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलको बैठक अहिले संसद्