श्रीमती हत्याको आरोपमा राई पक्राउ | Khabarhub Khabarhub

श्रीमती हत्याको आरोपमा राई पक्राउ


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा–दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा श्रीमती हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

५५ वर्षीय सरे राईलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

शरणार्थी शिविर सेक्टर डी ४ छाप्रा नं २९ बस्ने तामाङले मादक पदार्थ सेवन गरेर कुटपिट गरी ४९ वर्षीया विष्णुमाया तामाङको हत्या गरेको जनाइएको छ ।

श्रीमतीको हत्या गरी फरार उनलाई प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई प्रहरीले दमक नगरपालिका–२ स्थित एकघरमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो । अभियक्त तामाङलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ५ : १८ बजे

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति