माल्दिभ्समा भित्रिए यस वर्षकै धेरै पर्यटक | Khabarhub Khabarhub

माल्दिभ्समा भित्रिए यस वर्षकै धेरै पर्यटक


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 एजेन्सी- माल्दिभ्समा सोमबार यस बर्षकै सवैभन्दा धेरै पर्यटक भित्रिएका छन् ।

स्थानीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेको विवरण अनुसार सोमबार माल्दिभ्समा पाँच हजार १०० पर्यटक भित्रिएका हुन् । यो सङ्ख्या सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै रहेको पनि अधिकारीहरूले जनाएका छन् ।

मालदिभ्समा कोरोनाभाइरसको महामारीभन्दा अगाडि औसतमा दैनिक पाँच हजार पर्यटक आउने गरेका थिए । तर कोरोनापछि अहिले औसतमा दैनिक तीन हजार पर्यटक भित्रिने गरेको तथ्याङ्क छ ।

टापूहरूको देश माल्दिभ्समा जनवरी १ देखि फेब्रुअरी २० सम्म एक लाख ६० हजार पर्यटक भित्रिएका छन् । तीमध्ये प्रायः भारत, रूस, युक्रेन, काजकस्थानलगायतका देशबाट आएको पाइएको छ ।

यस बर्षको अन्त्यसम्ममा १५ लाख पर्यटक स्वदेश भित्र्याउने लक्ष्य लिइएको पर्यटन मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : २५ बजे

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल