२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको जनाकारी दिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा २ सय ३२ संक्रमित थपिएका हुन । मन्त्रालयका अनुसार हाल ३ हजार ४५२ जना सक्रिय संक्रमित छन्।

२४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये प्रदेश २ को धुनषामा १, बारामा १, महोत्तरीमा १, रौतहटमा १ र सर्लाहीमा २ जना रहेका छन ।

यसैगरी बागमती प्रदेशको काठमाडौंमा ८०, काभ्रेमा २, चितवनमा ४३, दोलखामा १, धादिङमा २, भक्तपुरमा ९, मकवानपुरमा १, ललितपुरमा २० र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशको कास्कीमा १७, गोरखामा २, नवलपरासीमा पूर्वमा ४, बागलुङमा १ र स्याङजामा १ जनामा कोरोना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा १, गुल्मीमा ४, नवलपरासीमा ३, पाल्पामा ८, प्यूठानमा १, बाँकेमा ८, बर्दियामा १ र रुपन्देहीमा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशको कैलालीमा १ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ र कर्णाली प्रदेशमा कुनै पनि संक्रमित नभेटिभएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १० : ५० बजे

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका