धर्मकर्ममा मिस नेवाः नेपाल | Khabarhub Khabarhub

धर्मकर्ममा मिस नेवाः नेपाल


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १५ औं संस्करणको ‘मिस नेवाः नेपाल ११४१’का प्रतियोगीहरुले विश्व शान्तिको कामना गर्दै राजधानीको महाँकाल र संकटा मन्दिरमा पूजाआजा गरेका छन् ।

प्रतियोगीहरुले कोभिडको संक्रमण हटोस् र देशमा स्थिरता छाओस् तथा विश्वमा शान्ति होस् भन्ने कामना गर्दै गत शुक्रबार महाँकाल मन्दिरमा लाख बत्ती बालेका उनीहरुले शनिवार संकटा मन्दिरमा पनि पूजाआजा गरेका हुन् ।

आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार सुन्दरीहरुलाई कला, धर्म, संस्कृति, भाषा र भेषबारे ज्ञान अभिवृद्धि गराउने क्रममा हरेक वर्ष विश्व शान्तिको कामना गर्दै मन्दिरमा लगेर लाखबत्ती बाली पूजाआजा गराउने गरेको बताइन् ।

प्रतियोगिताको फिनाले आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । प्रतियोगितामा १५ जना नेवार सुन्दरी अन्तिम प्रतिस्पर्धामा स्पर्धा गर्दैछन् ।

नेप्लिज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि ‘मिस नेवाः नेपाल’ आयोजनागर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि ‘लिटिल मिस नेवाः’आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ७ : ०४ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण