मतदान स्थल थप गरिने | Khabarhub Khabarhub

मतदान स्थल थप गरिने


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुम पूर्वका विभिन्न ठाउँमा नयाँ १० मतदान स्थल थप गर्न सिफारिस गरिने भएको छ ।

मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १० ठाउँमा मतदान स्थल थप गर्न सिफारिस गरी पठाउने निर्णय गरिएको हो ।

जिल्लामा मतदान स्थल र मतदान केन्द्र थप गर्ने विषयमा छलफल भई १० ठाउँमा नयाँ मतदान स्थल तोक्नका लागि सिफारिस गर्ने निर्णय भएको निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी हर्कबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार सिस्ने गाउँपालिकामा चार, पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकामा तीनतीन ठाउँमा नयाँ मतदान स्थल थप गर्नका लागि सिफारिस गररेर पठाइने छ ।

सिस्ने–१ को भट्टेचौर, वडा नं २ को नायगाड, ४ को झाक्रिपोले र ६ को खोपिचारमा नयाँ मतदान स्थलका लागि सिफारिस गरिने शाहीले बताए ।

यस्तै भूमे–६ को नाखे, वडा नं ८ को कुचिबाङ, ९ को सिमचौर, पुथाउत्तरगङ्गा–२ को हार्दिबाङ, वडा नं १० को घुम्लिबाङ र ७ को जाङमा नयाँ मतदान स्थलका लागि सिफारिस गर्ने निर्णय भएको शाहीले जानकारी दिए ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १२ : १० बजे

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

जुम्लाबाट हत्या अभियोगमा एक जना पक्राउ

जुम्ला– जुम्लाको पातारासि गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको

नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर

नवलपुर– नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै

राष्ट्रियसभा सदस्य अञ्जान शाक्यले लिइन् सपथ

काठमाडौं– राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको सपथ

पूर्वाधार कार्यालय गौरमा लगाएको ताला कांग्रेस आफैले खोल्यो

रौतहट– कांग्रेस नेताहरूले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको