विस्फोटपछि बीपी राजमार्ग अवरूद्ध, अरनिको राजमार्गमा भेटिएको बम डिस्पोज « Khabarhub

विस्फोटपछि बीपी राजमार्ग अवरूद्ध, अरनिको राजमार्गमा भेटिएको बम डिस्पोज


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको मंगलटारमा विष्फोट भएको छ ।

शुक्रबार राति मंगलटारमा विष्फोटको ठूलो आवाज आए पनि के पड्किएको हो भन्ने ठम्याउन नसकिएको प्रहरीले जनाएको छ । बम विस्फोट भएको आशंकापछि बीपी राजमार्गमा सवारी रोकेर अनुसन्धान गरिरहेको बागमती प्रदेश प्रमुख डीआईजी वसन्त लामाले बताए ।

यस्तै काभ्रेपलाञ्चोकको बनेपास्थित बुडोलमा राखिएको प्रेसर कुकर बम भने नेपाली सेनाले डिस्पोज गरेको छ ।

सेनाले बम डिस्पोज गरेसँगै शनिबार बिहान ३ बजेदेखि अवरूद्ध अरनिको राजमार्ग भने सञ्चालनमा आएको काभ्रे प्रहरीले जनाएको छ ।

आफ्ना केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको विरोधमा ‘विप्लव’ समूहले आज नेपाल बन्द पनि आह्वान गरेकाले उसैले बम राखेको हुन सक्ने प्रहरीको आकलन छ ।

कञ्चनलाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पुस २९ मा  पक्राउ परेका थिए ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ८ : ३० बजे

साउदीमा १५ हजार बढी अवैध आप्रवासी पक्राउ 

दोहा – साउदीले गैर कानुनी कामदारमाथि धड्पकड तीव्र पारेसँगै थप

तनहुँका स्थानीय तहद्वारा सात अर्ब ९१ करोडको बजेट प्रस्तुत

तनहुँ – तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९-८० का

अमेरिकाको शिकागोमा गोली प्रहार, एक जनाको मृत्यु

न्युयोर्क—शिकागोको एउटा गोदाममा गोलाबारी हुँदा एक जनाको मृत्यु भएको छ

हलेसी तुवाचुङको नीति कार्यक्रम : गहत र बदाम खेती प्रवर्द्धन  

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गहत र बदाम खेती

आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय