विस्फोटपछि बीपी राजमार्ग अवरूद्ध, अरनिको राजमार्गमा भेटिएको बम डिस्पोज | Khabarhub Khabarhub

विस्फोटपछि बीपी राजमार्ग अवरूद्ध, अरनिको राजमार्गमा भेटिएको बम डिस्पोज


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको मंगलटारमा विष्फोट भएको छ ।

शुक्रबार राति मंगलटारमा विष्फोटको ठूलो आवाज आए पनि के पड्किएको हो भन्ने ठम्याउन नसकिएको प्रहरीले जनाएको छ । बम विस्फोट भएको आशंकापछि बीपी राजमार्गमा सवारी रोकेर अनुसन्धान गरिरहेको बागमती प्रदेश प्रमुख डीआईजी वसन्त लामाले बताए ।

यस्तै काभ्रेपलाञ्चोकको बनेपास्थित बुडोलमा राखिएको प्रेसर कुकर बम भने नेपाली सेनाले डिस्पोज गरेको छ ।

सेनाले बम डिस्पोज गरेसँगै शनिबार बिहान ३ बजेदेखि अवरूद्ध अरनिको राजमार्ग भने सञ्चालनमा आएको काभ्रे प्रहरीले जनाएको छ ।

आफ्ना केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको विरोधमा ‘विप्लव’ समूहले आज नेपाल बन्द पनि आह्वान गरेकाले उसैले बम राखेको हुन सक्ने प्रहरीको आकलन छ ।

कञ्चनलाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पुस २९ मा  पक्राउ परेका थिए ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ८ : ३० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६