विश्वभर ७ करोड ९ लाखले जिते कोरोना | Khabarhub Khabarhub

विश्वभर ७ करोड ९ लाखले जिते कोरोना

२१ लाख संक्रमितको मृत्यु, १ लाख ११ हजार सिकिस्त


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर ७ करोड ९ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

शनिबार बिहान यो समाचार तयार पर्दासम्म ७ करोड ९ लाख ११ हजार ५५० जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितका आधारमा निको हुनेको दर ७१.८२ प्रतिशत हो । पछिल्लो २४ घण्टामा ४ लाख ३२ हजार ८३१ जना निको भएका छन् ।

कुल संक्रमितको २६.०४ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात् सक्रिय संक्रिमतको संख्या २ करोड ५७ लाख ९ हजार २५८ छ । यसमध्ये १ लाख ११ हजार २३९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ४७ हजार २२८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ८७ लाख १३ हजार ५५५ पुगेको छ ।

यस्तै कोरोनाले मृत्यु हुनेको संख्या २१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १५ हजार ७९३ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २१ लाख १६ हजार १५९ पुगेको हो । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१४ प्रतिशत हो ।

संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । अमेरिकामा २ करोड ५३ लाखभन्दा बढी संक्रमित भएका छन् । ४ लाख २४ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् ।

संक्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ७ : ४१ बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै