महिनावारी हुँदा धेरै रगत बग्छ ? यी हुन् घरेलु उपाय | Khabarhub Khabarhub

महिनावारी हुँदा धेरै रगत बग्छ ? यी हुन् घरेलु उपाय


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

हरेक महिलाका लागि महिनावारी एक प्राकृतिक प्रक्रिया हो । सबै महिलामा यसबारे आवश्यक ज्ञान नहुन सक्छ । तर धेरैले महिनावारीका विषयमा खुलेर कुरा गर्दैनन् ।

महिनावारीको समयमा धेरै मात्रामा रगत बग्नुमा विभिन्न कारण हुने गर्दछ । धेरै रगत बग्दा शरीरमा हर्मोनको सन्तुलन बिग्रने गर्दछ ।

बढी रगत बग्न नदिने केही घरेलु उपाय 

क) सुन्तलाको जुस
एक गिलास सुन्तलाको जुसमा दुई चम्चा कागतीको रस मिलाएर दैनिक तीनदेखि चार पटकसम्म पिउँदा यो समस्यामा राहत मिल्दछ ।

ख) धनियाँ
एक गिलास पानीमा धनियाँको पाउडर मिसाएर उमाल्ने र चिसो भएपछि पिउँदा पनि महिनावारीका समयमा बढी रगत बग्ने समस्या हट्छ ।

ग) अमलाको जुस
अमलाको रसमा पुदिनाको रस मिसाएर दहीमा मिसाई पिउँदा पनि रगत बग्ने समस्या कम हुन्छ ।

घ) मेवा
मेवामा पाइने पपाइन एन्जाइम्सले रगत बग्ने समस्या कम गर्दछ ।

ङ) उखुको जुस
सातामा एक पटक उखुको जुस पिउँदा महिनावारी हुँदा धेरै रगत बग्ने समस्या कम हुन्छ ।

च) दालचिनी
एक कप पानीमा दालचिनीको एक डन्डी राखेर उमाल्ने र त्यसलाई चिसो पारी पिउँदा पनि रगत बग्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

छ) तरबुजा
तरबुजामा पाइने मेग्नेशियमले शरीरमा प्रोजस्टोन र एस्टोजेन हर्मोनको स्तर व्यवस्थापन गर्न मद्दत गर्दछ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : २० बजे

मुस्ताङका च्याङ्ग्राको भुवा परीक्षण

म्याग्दी– मुस्ताङका कृषकले पालेका च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गरिएको छ

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी

अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगकाे आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा