साढे छ लाख मूल्यको अवैध काठ बरामद | Khabarhub Khabarhub

साढे छ लाख मूल्यको अवैध काठ बरामद


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रूपन्देहीमा साढे छ लाख मूल्य बराबरको अवैध काठ प्रहरीले बरामद गरेको छ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र कंचन गाउँपालिकाबाट प्रहरीले अवैध काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका १ खुनगाईमा सोही नगरपालिका १० बस्ने २७ वर्षीय जितेन्द्र यादवले लु१त १२६१ नम्बरको ट्याक्टरमा चार लाख रुपैयाँ बराबरका १५ गोलिया काठ अवैध रूपमा ओसारपसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै, प्रहरी चौकी व्यहोरी रूपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाको कंचन गाउँपालिका १ कुत्तागाउँस्थित लु६१प ९४९७ नम्बरको मोटरसाइकलमा लोड गरेको सालको काठको गोलिया एक थान र खाली जमिनमा रहेका तीन गोलिया गरी ३८.७२ क्युबिक फिट काठ बरामद गरेको जनाएको छ । उक्त काठको मूल्य दुई लाख ४५ हजार रुपैयाा रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायि उपरीक्षक सत्यनारायण थापाले बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट बरामद भएको काठ आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय भैरहवा पठाइएको र कंचन गाउँपालिकाबाट बरामद भएको काठ कंचन सबडिभिजन कार्यालय फायरलाइन पठाइएको उनले जानकारी दिए ।

प्रहरीले स्थानीय व्यक्तिहरूको रोहवरमा अवैध काठ बरामद गरेको हो । अवैध रूपमा काठको ओसारपसार हुँदै छ भन्ने सूचनाको आधारमा प्रहरी टोलीलाई गस्तीमा पठाइएको र गस्तीका क्रममा काठ बरामद भएको थापाले बताए । न्यूजकारखाना

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : ५५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर