डा. खड्का परराष्ट्रमन्त्री नियुक्त, शपथलगत्तै न्यूयोर्क जाने | Khabarhub Khabarhub

डा. खड्का परराष्ट्रमन्त्री नियुक्त, शपथलगत्तै न्यूयोर्क जाने


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस नेता डा नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्री नियुक्त गरिएको हो ।

नवनियुक्तमन्त्री खड्काको बुधबार दिउँसो १ बजे शपथ हुने कार्यक्रम तय भएको छ । शपथपछि उनी सिंहदरबार गएर कार्यभार सम्हाल्ने छन् ।

कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन बुधबारै न्यूयोर्क जाने कार्यक्रमसमेत तय भइसकेको छ ।

सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १० : ५२ बजे

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ