विदेशीलाई साउदीको नयाँ नियम- समयमै नफर्किनेलाई तीन वर्ष प्रतिबन्ध लगाउने | Khabarhub Khabarhub

विदेशीलाई साउदीको नयाँ नियम- समयमै नफर्किनेलाई तीन वर्ष प्रतिबन्ध लगाउने


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा-  बिदामा गएका बिदेशी नागरिकले समयसीमा अर्थात् भिसाको म्याद नसकिँदै ३ वर्षसम्म प्रतिबन्ध लगाउने साउदी अरबले नयाँ नियम बनाएको छ ।

साउदी अरबको राहदानी महानिर्देशनालय (जवाजात) अफिसले बिदामा गएका बिदेशी नागरिकले भिसाको म्यादभित्रै फेरि साउदी नफर्किए ३ वर्षसम्म पुन: साउदी अरब प्रवेश गर्न नपाउने जनाएको छ ।

साउदी अरबबाट बिदामा गएकाहरुले भिसाको अवधि बाँकी हुँदै नफर्केमा तीन वर्षसम्म फर्किन नपाउने नियम लागु गरेको जवाजातलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ ।

तर रोजगारदाताले नयाँ भिसा उपलव्ध गराएमा भने त्यस्ता विदेशी नागरिकले सहजै प्रवेस पाउने छन् । घरेलु श्रमिकका रुपमा काम गर्न गएकाहरु ६ महिना भित्रमा साउदी अरब नफर्केमा उनीहरुको आवासीय अनुमति तथा भिसा स्वत: खारेज हुने जनाइएको छ ।

यसका साथै त्यहाँको गृह मन्त्रालयले आप्रबासन तथा रोजगारका नियम उलंघन गर्नेलाई संरक्षण, सहयोग नदिन र कोही कसैले नियम उलंघन गरी बसिरहेको देखेमा सरकारलाई खबर गर्न अनुरोध गरेको छ ।

गत महिना मात्र साउदीमा कानुन उल्लंघन गर्ने १६ हजार आप्रवासी कामदार पक्राउ परेका छन् । त्यहाँको आवासीय, श्रम र सीमा सुरक्षा सम्बन्धी कानुन उल्लंघन गर्नेहरुलाई पक्राउ गरी देश निकाला (डिपोर्ट) गरिरहेको जनाईएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ८ : ४८ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर