भिडभाड नगरी चाडपर्व मनाउन आग्रह | Khabarhub Khabarhub

भिडभाड नगरी चाडपर्व मनाउन आग्रह


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए ।

सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिकरुपमै निर्देशन दिँदै भिडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम गराउन भनिएको उनले जानकारी दिए । अवस्था हेरेर स्मार्ट लकडाउनको अवधारणालाई कार्यान्वयनमा ल्याइएकाले सोही आधारमा स्थानीय प्रशासनले भूमिका निर्वाह गर्ने प्रवक्ता पोखरेलले बताए ।

कोभिड–१० को अवस्था हेरेर आवश्यकताअनुसार निषेधाज्ञा लागू गर्ने वा खुकुलो बनाउने अधिकार दिइएकाले सोहीअनुसार स्थानीय प्रशासन सक्रिय हुँदै आएको र चाडवाडका बेलामा पनि सोही प्रक्रिया अपनाइने भएको छ ।

उपत्यकामा यही ८ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ । काठमाडौँ जिप्रकाले अहिले पनि कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले जनैपूर्णिमासँगै सोमबार हुने गाईजात्रा भिडभाड नगरी मनाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पालना गर्न पनि अनुरोध गरेका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार सरकारको आदेश र स्थानीय प्रशासनबाट जारी निषेधाज्ञाअनुसार नै शान्ति सुरक्षा, कोभिड सङ्क्रणम नियन्त्रण र भिडभाड रोक्न ७७ वटै जिल्लामा प्रहरी परिचालन भइरहको छ ।
निषेधाज्ञाका बेलामा पनि ठाउँठाउँका व्यापारिक केन्द्र, मठमन्दिर र सार्वजनिक क्षेत्रमा भिडभाड हुने गरेकाले कोरोनाको जोखिम बढ्दो देखिन्छ । आज जनैपूर्णिमाका दिन विभिन्न शक्तिपिठमा मानिसको भिड थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ३ : १६ बजे

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार