६० भन्दाबढी मुलुकले तालिबानलाई भने- विदेशी नागरिकलाई सुरक्षित प्रस्थान गर्न दिनू | Khabarhub Khabarhub

६० भन्दाबढी मुलुकले तालिबानलाई भने- विदेशी नागरिकलाई सुरक्षित प्रस्थान गर्न दिनू


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- ६० भन्दाबढी मुलुकहरुले संयुक्त वक्तव्य जारी गर्दै अफगानिस्तानसहित अन्य देशका नागरिकहरुलाई सुरक्षित देश छोड्नका लागि सहयोग गर्न तालिबानलाई आग्रह गरेका छन् ।

ती देशहरुले अफगानिस्तान छोड्न चाहने सबैलाई अनुमति दिन आग्रह गरेका हुन् । उनीहरुले विमानस्थल र सीमा नाकाहरु खुला रहनु पर्नेसमेत बताएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिका, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, कोरिया गणतन्त्र, कतार, बेलायतलगायतका देशहरुले एक संयुक्त वक्तव्य जारी गर्दै अफगानिस्तानमा शक्ति र अख्तियारको पदमा रहेकाहरु जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

उनीहरुले सम्मानजनकरुपमा बाँच्न पाउनुपर्ने नागरिकको हकप्रति उत्तरदायित्व, मानव जीवनको रक्षा र सम्पत्तिको सुरक्षाकासँगै नागरिक व्यवस्थाको पुनर्बहाली हुनुपर्ने मागसमेत गरेका छन् ।

अफगान जनता सुरक्षित र सम्मानजनकरुपमा बाँच्न पाउनुपर्छ र यसका लागि अन्तर्राष्ट्रिय समुदाय उनीहरुलाई सहयोग गर्न तयार रहेकोसमेत विज्ञप्तिमा जनाइएको छ ।

तालिबानले अफगानिस्तानमा युद्ध समाप्त भएको घोषणा गरेपछि विद्रोहीहरुले काबुलको राष्ट्रपति भवनको नियन्त्रण लिएको थियो ।

अमेरिकी नेतृत्वको सेनाहरु गए र पश्चिमी राष्ट्रहरुले सोमबार आफ्ना हजारौं नागरिकहरुलाई बाहिर निकाल्ने प्रयास गरेका छन् ।

संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने अन्य देशहरुमा चिली, कोलम्बिया, कोस्टा रिका, चेक रिपब्लिक, डेनमार्क, डोमिनिकन रिपब्लिक, एल साल्भाडोर, एस्टोनिया, फिनल्याण्ड, ग्रीस, नेदरल्याण्ड, न्यूजील्याण्ड, स्पेन, स्वीडेन, युक्रेन र यमनका साथै उच्चप्रतिनिधि विदेश मामिला र सुरक्षा नीतिको लागी यूरोपियन संघलगायत रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

स्रोत :  रोयटर्स

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ८ : ४० बजे

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्‍यो : गृहमन्त्री लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट

बाटो ढुकेर सिरहाका अमितले हानेका थिए १२ कक्षाकी विद्यार्थीलाई गोली

झापा- झापाको दमकमा शुक्रबार बिहान १२ कक्षाकी एकजना विद्यार्थीलाई गोली

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ घोषणा 

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मे २४ लाई अन्तर्राष्ट्रिय

जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

काठमाडौं- सरकारले आउँदो जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप

झापामा हात्तीपाइले विरुद्धको औषधी खाएकी एक वृद्धाको मृत्यु

झापा-  झापामा हात्तीपाइले रोगविरुद्धको औषधी खाएपछि एक जना वृद्धाको मृत्यु