अञ्जु नयाँ ‘मिसेस मंगोल नेपाल’ | Khabarhub Khabarhub

अञ्जु नयाँ ‘मिसेस मंगोल नेपाल’


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–अमेजन इन्टरटेन्मेन्टले आयोजना गरेको ‘मिसेस मंगोल नेपाल २०२१’ को उपाधि अञ्जु शेर्पाले जितेकी छन् । आयोजकले ब्रोडकास्टिङ एडिसन टिभी शोको माध्यमबाट विजेता छनोट गरेको हो ।

प्रतियोगितामा हिरा शेर्पा ‘फस्ट रनरअप’, निशा थापा मगर ‘सेकेन्ड रनरअप’, शोभा मगर ‘थर्ड रनरअप’ र गौरी लामा ‘फोर्थ रनरअप’ भए ।

१५ प्रतियोगीहरुमध्ये विभिन्न चरणबाट छनोट हुँदै टप ५ लाई मात्र फाइनल स्टेजमा प्रस्तुत गरिएको थियो । हिमानी सुब्बाको कोरियोग्राफी रहेको यस कार्यक्रम कास्टमण्डप टिभीबाट प्रसारण भएको छ ।

प्रतियोगिताको निर्णायकमा भुमिकामा डा. रेखा थापा, ‘मिसेस हिमालयन नेपाल’ माया लामा, ‘ब्युटिसियन नेपाल’ हेमा पुन मगर र ‘मिसेस आइकन नेपाल’ सोनिया ज्याखो रहेका थिए । कार्यक्रमलाई अभिनेता दिक्पाल कार्कीले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ५ : ०० बजे

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू