एमाले केन्द्रीय कमिटी बैठक आज पनि | Khabarhub Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक आज पनि


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

बैठक अपराह्न ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ । आजको बैठकले स्प्रष्टीकरण सोधिएका २२ सांसदले जवाफ दिए त्यसको अध्ययन गरेर थप कदम चाल्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेका २२ सांसदले पार्टी निर्देशनको अवज्ञा गर्दै साउन ३ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । त्यसैलाई आधार बनाएर एमालले २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । तर स्पष्टीकरणमा फ्लोर क्रसको विषय उठाइएको छैन ।

संविधानको धारा ७६-५ को सरकार गठनमा सांसदलाई पार्टीको ह्वीप नलाग्ने फैसला सर्बोच्च अदालतले गरेकाले उनीहरुलाई त्यही निर्णयले मात्रै कारबाही गर्न अप्ठ्यारो हुने भएकाले गठबन्धनमा लागेको लगायतका कारण देखाएर पार्टी सदस्यबाट हटाउनेसम्मको तयारी संस्थापन पक्षले गरेको छ ।

 

 

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ९ : ०१ बजे

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको