नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४३औँ स्मृति दिवस | Khabarhub Khabarhub

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४३औँ स्मृति दिवस


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४३औँ स्मृति दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

श्रेष्ठको स्मरणमा नेकपा एमालेले केन्द्रीय कमिटी बैठकअघि कार्यक्रम गर्दैछ । पुष्पलाल स्मृति प्रतिष्ठानले पनि कीर्तिपुरको चम्पादेवीमा पुष्पलाल स्मृति पार्कमा कार्यक्रम गर्दैछ । पुष्पलालको जन्मथलो रामेछापमा पनि विभिन्न कार्यक्रम हुँदैछन् ।

बिक्रम संवत २००६ साल बैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पुष्पलालले भारतको कोलकातामा बसेर नेकपा स्थापना गरेका थिए ।

१५ असार १९८१ मा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला पुत्रकारूपमा रामेछापमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गरेका थिए।

नेपाली कांग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ८ : ४५ बजे

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला