हिमालपारिका दुःख : ट्र्याक्टरमा खोप ढुवानी | Khabarhub Khabarhub

हिमालपारिका दुःख : ट्र्याक्टरमा खोप ढुवानी


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ ।

वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो ।

गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा ढुवानी गरेर ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोप लगाएको छ ।

भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सदरमुकाम जोमसोमबाट लोमान्थाङ ढुवानी गर्न पाण्डाखोलाले असजिलो पारेको थियो ।

लोमान्थाङबाट जोमसोमका लागि पठाइएको एम्बुलेन्स कागबेनी नजिकै रहेको माण्डा खोलामा रोकिएपछि ट्र्याक्टरमा ढुवानी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले बताए ।

“यहाँबाट गएको एम्बुलेन्स तर्न सकेन”, भण्डारीले भने, “दुई दिन रोकिएर ट्र्याक्टरमा खोला तारेपछि एम्बुलेन्समा लोमान्थाङ ल्याइयो ।”

कोरोना भाइरसविरुद्धको खोप सुरक्षाका लागि ट्र्याक्टरमा लिएर लोमान्थाङ गाउँपालिकाका स्वास्थ्य संयोजक तेन्जिङ नोर्बु गुरुङ आफैँ ट्र्याक्टरमा गएका थिए ।

“माथिल्लो मुस्ताङमा समस्या छैन, कागबेनी आसपास हुँदै बग्ने खोलानालाले दुःख दिइरहेका छन्”, भण्डारीले भने, “अनेक विकल्प गरी गाउँमा खोप पुर्‍याएका छौँ ।” खोलामा पुल नरहेको र वर्षा भइरहेकाले बाढी आउँदा साना सवारी आवतजावतमा समस्या भएको हो ।

यसअघि पनि मुस्ताङमा खोला बढेका कारण खोप तार्न कठिन भएपछि दाउराको सहायताले स्वास्थ्यकर्मीले खोप वारपार बनाएको तस्वीर ‘भाइरल’ भएको थियो ।

स्वास्थ्य निर्देशनालय पोखराले मुस्ताङका स्वास्थ्यकर्मीले ट्र्याक्टरमा खोप ढुवानी गरेको विषयलाई आफ्नो सामाजिक सञ्जालमा साझा गरेको छ ।

देशभर खोप अभियान चलिरहेका बेला ढुवानीको समस्याका कारण मुस्ताङमा तोकिएको दिनभन्दा एक दुईदिन तलमाथि पारेर खोप अभियान सञ्चालन हुने गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ६ : ५६ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ