राजनीति 'धारा र दफा'को गोलचक्करमा सीमित हुँदैन : नेता बाँस्कोटा | Khabarhub Khabarhub

राजनीति ‘धारा र दफा’को गोलचक्करमा सीमित हुँदैन : नेता बाँस्कोटा


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले राजनीति संविधानको धारा र कानूनको दफाको गोलचक्करमा सीमित नहुने बताएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन तथा विस्तार गरेको मन्त्रिमण्डलका उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरूलाई अन्तरिम आदेशद्वारा बर्खास्त गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

‘अति सरल कुरा नि राजनीति धारा दफाको गोलचक्करमा सिमीत हुँदैन। ती विगत र वर्तमान हुन ।’, उनले सामाजिक सञ्जालमा भनेका छन् ,’ तर राजनीति विगत,वर्तमान र भविष्य पनि हो । उत्पादन संघर्ष,सतहमा प्रकट हुने भिषण राजनीतिक टकरावबाट सिर्जना हुने नयाँ शक्ति सन्तुलनको समग्र प्रबन्ध चै राजनीतिले मात्र गर्छ है।’

उनले इतिहासका निर्माता जनता भएको बताएका छन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ८ : १० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने