ललितपुरमा ७७ वर्ष माथिका वृद्धवृद्धालाई भोलिदेखि कोभिशिल्डको दोस्रो डोज दिइने | Khabarhub Khabarhub

ललितपुरमा ७७ वर्ष माथिका वृद्धवृद्धालाई भोलिदेखि कोभिशिल्डको दोस्रो डोज दिइने


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुर महानगरपालिकाले भोलिदेखि ७७ वर्ष माथिकालाई कोरोना भाइरस विरुद्धको कोभिशिल्डको दोस्रो डोज खोप दिने भएको छ ।

महानगरभित्र रहेको ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भोलिदेखि असार ९ गतेदेखि खोप दिन लागेको महानगरले जनाएको छ ।

महानगरीय खोप समन्वय समितिको सोमबार बसेको बैठकले कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउने निर्णय गरेको हो ।

यसका लागि जिल्ला स्वास्थ्य कार्यालयवाट पटक पटक गरी कोभिशिल्ड दोस्रो डोजका लागि हाल सम्म २५ सय खोप प्राप्त गरेको छ ।

हाल प्राप्त भएको खोप अत्यन्त न्यून भएकोले प्राप्त खोपका आधारमा वडावाट सिफारिस भई आएका व्यक्तिहरु मध्येवाट ७७ वर्ष भन्दा माथिको ज्येष्ठ नागरिकले मात्रै खोप पाउने महानगरले जनाएको छ ।

महानगरले ७७ वर्ष भन्दामाथिको २ हजार २ सय २० जनालाई कोभिशिल्डको खोप लगाउन लागेको हो ।

साथै जनप्रतिनिधी, कर्मचारी तथा स्वास्थ्य स्वयंसेवकहरु समेतलाई गरी जम्मा २५०० खोप लगाउन लगाउन लागिएको महानगरकाे प्रमुख प्रशासकिय अधिकृत गणेश अर्याले बताए ।

बुधबार विहान १० बजे देखि दिउंसो ४ बजे सम्म खोप कार्यक्रम सन्चालन हुनेछ ।

महानगरले खोप लगाउन ८ वटा केन्द्र तोकेको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ३ : ०८ बजे

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी

खबरहब ब्रिफिङ : उपचुनाव, लगानी सम्मेलन, प्रदूषण, अवहेलना, इन्टरनेट…

काठमाडौं – यो साता (बैशाख १५–२१) नेपालमा महत्वपूर्ण घटनाक्रम विकसित