क्लब हाउसमा प्रहरी महानिरीक्षकसहितको फेक आइडी बनाउने पक्राउ | Khabarhub Khabarhub

क्लब हाउसमा प्रहरी महानिरीक्षकसहितको फेक आइडी बनाउने पक्राउ


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल क्लब हाउसमा नेपाल प्रहरीको लोगोलगायत दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

ब्युरोको एसएसपी नविन्द अर्यालले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बस्ने २० वर्षीय इसान लामिछानेलाई पक्राउ गरेको जानकारी दिए ।

उनका अनुसार सामाजिक सञ्जालमा दुरुपयोग गरी भ्रामक तथा भ्रमपूर्ण अफवाह फैलाएको कसुरमा लामिछानेलाई सोमबार भक्तपुरबाट पक्राउ गरिएको हो । काठमाडौँ जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुसन्धान भइरहेको एसएसपी अर्यालले बताए ।

क्लबहाउसमा नेपालको प्रहरीको लोगो, पोसाक तथा प्रहरी अधिकारीको तस्वीर दुरुपयोग गरी प्रहरी अधिकारीकै नाममा फेक आइडी बनाएको पाइएको थियो ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  २ : ३१ बजे

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले