बेरोजगार किसानलाई कृषि र पशुपालनमार्फत आत्मनिर्भर बनाइने | Khabarhub Khabarhub

बेरोजगार किसानलाई कृषि र पशुपालनमार्फत आत्मनिर्भर बनाइने


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– अपि हिमाल गाउँपालिकाले बेरोजगारलाई कृषि र पशुपालन व्यवसायमार्फत आत्मनिर्भर बनाउने नीति कार्यक्रम ल्याएको छ । जिल्लाकै दुर्गम क्षेत्रको हिमाली गाउँपालिकामा कृषि र पशुपालनको राम्रो सम्भावना रहेको भन्दै बेरोजगारलाई यसतर्फ लक्ष्य गरी नीति कार्यक्रम ल्याइएको हो ।

गाउँपालिकाको १२औँ गाउँसभाले ‘समृद्धि र खुशी अपिका लागि जादुगरीका चार आधार, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन बोक्ने रोजगारीको दिगो पूर्वाधार’ भन्ने मूल नाराका साथ नीति कार्यक्रम सार्वजनिक गरेको छ ।

अहिले विश्व कोभिडको सङ्क्रमणमा रहेको बेला अधिकांश मानिस बेरोजगार बनेका छन् । कोभिडले रोजगारी गुमाएकालाई गाउँ फर्काउने नीति लिएको गाउँपालिकाले जनाएको छ । बेरोजगारलाई आकर्षित गराउन गाउँपालिकाले बेरोजगारलाई कृषि र पशुपालनतर्फ आत्मनिर्भर गराउने उद्देश्य राखेको छ ।

गाउँपालिकाभित्रका बेरोजगारहरूको लगत सङ्कलन गरी पालिकाभित्र रोजगार बैंक स्थापना गर्ने गाउँपालिकाको नीति कार्यक्रम रहेको छ ।

बेरोजगारलाई भौतिक पूर्वाधारमा रोजगार दिलाउने गाउँपालिकाले जनाएको छ । यस्तै प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत १०० जनालाई रोजगार दिलाइने योजना गाउँपालिकालको छ । कोभिड–१९ का कारण समस्यामा परेकालाई आयआर्जुनमुखीतर्फ आत्मनिर्भर बनाउने गाउँपालिकाको नीति छ ।

‘हाम्रो गाउँ हाम्रो ठाउँ, बाँझो जमीन रहने छैन कुनै ठाउँ’ भन्ने नारालाई आत्मसाथ गर्दै महामारीमा गाउँ फर्किएकालाई रोजगारी सुनिश्चितता हुने नीति समेटिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए । गाउँपालिकाले कृषि आधुनिकीकरण कार्यक्रममार्फत ‘एक बस्ती, एक उत्पादन’ कार्यक्रम लागू गर्नेछ ।

किसानको बाली बीमामा जोड दिइने छ । किसानको उत्पादनलाई कृषि उपज सङ्कलन केन्द्र, प्याकेजिङ, लेबलिङ तथा बजारीकरणमा सहजीकरण गरिने उल्लेख छ । आधुनिक ओखर, स्याउ, अमिलो जातका फलफूलका विरुवाहरू वितरण गरिने र व्यावसायिकतामा जोड दिइने नीति लिइएको छ ।

गाउँपालिकाको मुख्य उत्पादनका रूपमा रहेका रैथाने बाली (राजमा, जौँ, कोदो, फापर आदि), मसला बाली रायो, लसुन, बेसार, अदुवा, प्याज, धनियाको संरक्षण, आधुनिकीकरण तथा व्यावसायिकरण गर्ने नीति अवलम्बन गरिएको छ ।

पशुपालनमा जोड दिन भेडाबाख्रा संरक्षण कार्यक्रम, तथा भेडा प्रवद्र्धन गरिने छ । सबै वडामा भेटेरिनरी शाखा विस्तार गरिने नीति छ । यस्तै कोभिडका कारण बेरोजगारी भएका कृषकलाई पशुपालनमा आत्मनिर्भर बनाई आयआर्जनमा वृद्धि गर्न किसानहरू ‘गरे सिक्छन् देखे विश्वास गर्छन्’ भन्ने कुरालाई पुष्टि गर्न एक वडा एक उत्पादन कार्यक्रम लागू गरिने भएको छ ।

किसानको खेतबारीमा कार्यक्रम

सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख हंशराज भट्टले सोमबार महाकाली नगरपालिका कार्यालयमा आगामी आर्थिक वर्षको नीति कार्यक्रम सार्वजनिक गरेका हुन् ।

आगामी नीति कार्यक्रममा अधिकांश पुरानै कार्यक्रम जोडिएका छन् । नगरपालिकाले किसानको पेशा सुनिश्चित गर्न तथा प्राविधिक समस्या समाधान गर्न किसानको खेतीबारीमा कार्यक्रम ल्याउने भएको छ ।

कृषि पेशामा लागेका कृषकलाई निरन्तर कृषि पेशामै संग्लन गराउन तथा प्राविधिक समस्या समाधान गर्न यस्तो कार्यक्रम ल्याउन लागिएको हो । कृषि उत्पादनमा वृद्धि गर्न सिँचाइ नपुगेका जमीनमा सिँचाइ पहुँच उपलब्ध गराइने नीति कार्यक्रममा उल्लेख छ ।

यसका लागि नगरपालिकाले ठूला सिँचाइ योजनाअन्तर्गत सकार सिँचाइ, मझौला सिँचाइ योजनाअन्तर्गत काकडा सिँचाइ, झुस्कु सिँचाइ तथा साना सिँचाइ योजना मखौली, धाप सिँचाइ सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ ।

व्यावसायिक कृषि गरिरहेका किसानलाई पहिचान गरी कृषक परिचयपत्र वितरणको व्यवस्थापन मिलाइने नगरप्रमुख भट्टले उल्लेख गरेका छन् ।

यस्तै उहाँले कृषक पेन्सन कोषमार्फत कृषकको योगदानको कदर गरी सम्मानित गरिने बताउनुभएको छ । नगरपालिकाभित्रको वातावरणीय समृद्धिका लागि ‘एक घर, एक फल बिरुवा’ वितरण तथा उत्पादनका आधारमा अनुदान वितरण कार्यक्रमलाई व्यवस्थित गरिने उल्लेख छ ।

यस्तै नगरपालिकाले दुग्ध उत्पादनका लागि उन्नत भैँसी पाल्ने कृषकलाई प्रोत्साहन गर्ने तथा युवाशक्तिलाई कृषि पशुपालनमा आकर्षित गर्ने नीति लिएको छ । तरकारी र मासुमा आत्मनिर्भर बनाउन तथा कृषि तथा पशु व्यवसायमा आबद्ध हुने युवालाई तीन वर्षसम्मको ब्याज नगरपालिकाले बेहोर्ने गरी रु १० लाखसम्मको ऋण अनुदानका लागि वित्तीय संस्थासँग सहकार्य गरिने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ११ : ४५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर