गरिव देशमा खोपको चरम अभावले अभियान नै रोकियो : डब्ल्युएचओ | Khabarhub Khabarhub

गरिव देशमा खोपको चरम अभावले अभियान नै रोकियो : डब्ल्युएचओ


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  गरिब देशहरुले कोरोना भाइरसविरुद्धको खोप अभाव हुँदा खोप अभियान नै रोकिएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ ।

खोपको समान पहुँच सुनिश्चित गर्नका लागि सुरु गरिएको कोभ्याक्स अभियान अन्तर्गत खोप पाइरहेका धेरै गरिब देशहरुमा खोप सकिएपछि अभियान नै रोकिएको डब्ल्युएचओले जनाएको छ ।

डब्ल्युएचओका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रम मार्फत ९ करोड खोप १ सय ३१ वटा देशमा वितरण भए पनि पर्याप्त हुन नसकेको बताएका छन् ।

युगान्डा, जिम्बाब्वे, बङ्गलादेश र ट्रिनिडाड एण्ड टोबागोमा खोप अभावले अभियान रोकिएको छ ।

सोमबार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले धनी देशहरुलाई खोपमा गरिरहेको अवरोध अन्त्य गर्न अपील गरेका थिए ।

अफ्रिका महादेशमा अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपको मात्रै चार करोड मात्रा लगाइएको छ । यो कुल जनसंख्याको दुई प्रतिशत भन्दा कम भएको बीबीसीले उल्लेख गरेको छ ।

धनी देशहरुले गरिब देशका लागि खोप खरिद गरेर समान रुपमा वितरण गर्ने उद्देश्यसहित गएको वर्ष कोभ्याक्स अभियान घोषणा भएको थियो ।

गरिब देशका कम्तीमा २० प्रतिशत जनताका लागि खोप उपलब्ध गराउने कोभ्याक्स अभियानको लक्ष्य छ । तर, उत्पादनमा भएको ढिलाइले आपूर्तिमा गम्भीर असर परेको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ८ : ५० बजे

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै