बेलायतले नेपाललाई २० लाख डोज कोरोना खोप दिने | Khabarhub Khabarhub

बेलायतले नेपाललाई २० लाख डोज कोरोना खोप दिने


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतले नेपाललाई विश्‍व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधामार्फत २० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

नेपालको सबै भन्दा पुरानो कूटनीतिक सम्बन्ध भएको मित्र मुलुक बेलायतले २० लाख डोज एस्ट्राजेनेका (कोभिसिल्ड) खोप उपलब्ध गराउने भएको हो । बेलायतले नेपाललाई अहिले खोपको आवश्यकता परेको भन्दै खोप उपलब्ध गराउन लागेको हो ।

भारतको सिरम कम्पनीले कोभिसिल्ड उपलब्ध नगराएका कारण पहिलो डोज खोप लगाएकाहरूले अर्को डोज लगाउन पाएका छैनन् । यो अवस्थामा पुरानो मित्र मुलुकको सहयोग आफैँमा अर्थपूर्ण छ ।

नेपाललाई खोप उपलब्ध गराउनेबारे त्यहाँको उपल्लो सदनमा बहस भएर निर्णयमा पुगेको हो । यद्यपि यो खोप कुनै कूटनीतिक प्रयास वा त्यहाँ रहेका राजदूतको पहलकदमीमा नभइ बेलायतमा रहेका गोर्खा र काठमाडौँमा रहेका बेलायती राजदूत निकोल पोलिटको सक्रियतामा आउन लागेको हो । दुई दिनअघि पोलिटले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारेमा जानकारी दिएकी थिइन् ।

यसअघि नेपालले कोभ्याक्स कार्यक्रम अन्तर्गत ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो । त्यसमा पनि बेलायतको केही हिस्सा सहयोग थियो ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ७ : ४३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र