काठमाडौँ उपत्यकासहित मुलकका विभिन्न स्थानमा वर्षा | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकासहित मुलकका विभिन्न स्थानमा वर्षा


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ३ बजेतिरदेखि ४ घण्टासम्म काठमाडौँसहितका स्थानमा वर्षा भएको हो ।

महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार वर्षा गराउने मौसम प्रणाली भारतको दक्षिणी क्षेत्र हुँदै वाग्मती प्रदेशमा आइपुगेको छ । यसकै असरले अहिले वाग्मतीसहित, प्रदेश २, प्रदेश १ लगायतका क्षेत्रमा वर्षा भएको उनले बताइन् ।

यो प्रणाली गण्डकी प्रदेश हुँदै अन्यत्र पनि विस्तार हुने उनले बताइन् । प्रिमनसुनको समय भएकाले हावाहुरी र चट्याङको सम्भावना पनि कायमै रहेको उनले बताएकी छन् ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

 वैशाख ९ गते (बिहीबार)

दिउँसो: देशभर आँशिकदेखि सामान्य बदली रही  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश  र वाग्मती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ ।

राति :  देशभर पहाडी भू-भागहरुमा आँशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

वैशाख १० गते (शुक्रबार)

दिउँसोः देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आशिक देखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भूभागहरुमा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आँशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

वैशाख ११ गते (शनिबार)

बिहान:  देशभर आँशिकदेखि सामान्य बदली रही वाग्मती प्रदेश , सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

राति:  देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ७ : १० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला