त्रिदेशीय फुटबल : दशरथ रंगशालामा भोलि बंगलादेश र किर्गिस्तान भिड्ने | Khabarhub Khabarhub

त्रिदेशीय फुटबल : दशरथ रंगशालामा भोलि बंगलादेश र किर्गिस्तान भिड्ने


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको घरेलु मैदानमा त्रिदेशीय फुटबल लिग मंगलबारबाट शुरु हुँदैछ ।

काठमाडौंको दशरथ रंगशालामा हुने खेलमा नेपाल,बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ । लिगमा उत्कृष्ट प्रदर्शन गर्ने तीनै देशका प्रशिक्षकहरुले दावी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली घरेलु मैदानमा हुने लिग जितेर नेपाली फुटबल समर्थकहरुलाई खुसी पार्ने आफूहरुको लक्ष्य रहेको बताए ।

घरेलु मैदानमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि प्रयास गर्ने उनले बताए । मुख्य प्रशिक्षक महर्जनले उत्कृष्ट प्रदर्शन गर्न सफल भएमा नतिजा समेत त्यहिँ अनुसार आउने दावी गरे ।

महर्जनले किर्गिस्तान र बंगलादेशबीचको उद्घाटन खेल हेरेर टिमको रणनीति तयार गर्ने बताए । मुख्य प्रशिक्षक महर्जनले टिमको कप्तानी किरण चेम्जोङले गर्ने जानकारी दिए ।

त्यस्तै बंगलादेशका राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जेमी डे ले आफूहरुले त्रिदेशीय प्रतियोगितालाई विश्वकप छनोटको तयारीको रुपमा हेरेको र भोलि हुने पहिलो खेलबाट राम्रो नतिजा आउनेमा आशावादी रहेको बताए ।

किर्गिस्तानका मुख्य प्रशिक्षक अलेक्सान्दर क्रेस्टिनीनले टिमले सकेसम्म उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

मंगलबार हुने उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश भिड्नेछन् । नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १० : ०० बजे

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल