कूटनीतिक नियोग र अन्तर्राष्ट्रियस्तरका सरकारी संस्थाले पनि खोप ल्याउन पाउने | Khabarhub Khabarhub

कूटनीतिक नियोग र अन्तर्राष्ट्रियस्तरका सरकारी संस्थाले पनि खोप ल्याउन पाउने


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रियस्तरका सरकारी संस्थालाई पनि कोरोनाविरुद्धको खोप ल्याउन दिने भएको छ ।

औषधि व्यवस्था विभागले अब कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्थालाई खोप ल्याउन दिने निर्णय गरेको बताएको हो ।

सोमबार एक विज्ञप्ति जारी गर्दै विभागले औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता, २०७७ बमोजिम नेपाल सरकारलाई दातृराष्ट्र, अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्था वा परोपकारी संस्थाले अनुदानमा खोप उपलब्ध गराउने भएमा परराष्ट्र मन्त्रालय एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा औषधि व्यवस्था विभागले आयात अनुमति दिने र नियोगले खोपको प्रयोग प्रतिवेदन स्वस्थ्य मन्त्रालयमा ताकेको ढाँचामा उपलब्ध गराउनुपर्ने जनाएको छ ।

यस्तै, नेपाल सरकारलाई दातृराष्ट्र, अन्तराष्ट्रिय अन्तरसरकारी संस्था वा परोपकारी संस्थाले अनुदानमा खोप उपलब्ध गराउने भएमा स्वास्थ्य मन्त्रालयको सिफारिसमा विभागले आयात अनुमति दिने व्यवस्था मिलाइएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तो छ औषधि व्यवस्था विभागद्वारा जारी सूचना

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ४ : २० बजे

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित

काठमाडौं–  नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

फिक्कल– इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं– आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि

लगानी सम्मेलनको पूर्वसन्ध्यामा सेयर लगानीकर्ता सडकमा (तस्बिरहरू)

काठमाडौं– स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पूँजीबजार लगानीकर्ता (सेयर कारोबारी)हरूले

काठमाडौं महानगरको कार्यालय समय बिहान ९ बजेदेखि

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको