तीन प्रतिष्ठानमा उपकुलपति नियुक्ति गर्न ३१ जना सिफारिस | Khabarhub Khabarhub

तीन प्रतिष्ठानमा उपकुलपति नियुक्ति गर्न ३१ जना सिफारिस


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपकुलपतिको पद रिक्त रहेका तीन प्रतिष्ठानका लागि स्वास्थ तथा जनसंख्या मन्त्रालयले प्रारम्भिक चरणमा ३१ जनाको नाम सिफारिस गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा रिक्त रहेको उपकुलपति पदमा नियुक्ति गर्न मन्त्रालयले ३१ जनालाई प्रारम्भिक चरणमा सिफारिस गरेको हो ।

सबैभन्दा धेरै कर्णाली स्वास्थ्य प्रतिष्ठानमा उपकुलपतिको लागि १३ जनाको नाम सिफारिस गरिएको छ । त्यस्तै पोखरा र पाटन स्वस्थ्य प्रतिष्ठानमा ९/९ जनालाई सिफारिस गरिएको छ ।

उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले गत फागुन २४ गते गरेको सूचना अनुसार प्राप्त भएका आवेदन, योग्यता, अनुभव तथा व्यावसायिक कार्ययोजना समेतको प्रारम्भिक छानविनका आधारमा सूची सार्वजनिक गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  २ : ३० बजे

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार